सेजनले गर्यो आर्थिक पत्रकारको कोरोना बीमा « Eglish Khabarhub

सेजनले गर्यो आर्थिक पत्रकारको कोरोना बीमा



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना बीमा गरिएको छ ।

युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो । सेजनले आफ्ना प्रत्येक सदस्यहरुको ५० हजार रुपैयाँ बराबरको बीमाङ्ग रकमको कोरोना बीमा गराएको हो ।

बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखीम हुनेछ ।

युनाईटेड इन्स्योरेन्सले यस बन्दावन्दीको अवधीमा डिजिटल प्रविधिको माध्यमवाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ ।

कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, बीमा अग्नी बीमा, इन्जीनियरिङ्ग बीमा, कृषि तथा पशुपन्छी बीमा लगाएतका बीमा लेखहरु जारी गर्दै आएको छ ।

Publish on: