काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
बिहीबार संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुरा बताए ।
उनले सुरक्षित नियमित, सुलभ र विश्वसनीय हवाई सेवा सञ्चालनका लागि प्राथिमकता दिइएको उल्लेख छ भने अन्तर प्रदेश हवाई उडान र अन्तर्राष्ट्रिय उडानका लागि समेत बजेट बिनियोजन गरिएको उल्लेख गरे ।
त्यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनका लागि तथा दोस्रो टर्मिनल भवनलगायतका थप पूर्वाधार निर्माण, त्रिभुवन विमानस्थलको स्तरोन्नत्ती तथा पोखरा क्षेत्रीय विमानस्थलको निर्माण सम्पन्न लागि बजेट बिनियोजन गरिएको छ ।
त्यसैगरी निजगढ विमानस्थल निर्माणका लागि हवाई क्षेत्रभित्रको बस्ती स्तान्तरण र परिपथ निर्माणका लागि बजेट बिनियोजन गरिएको छ ।
SHARE YOUR THOUGHTS