काठमाडौं । कोरोनाका कारण अर्घाखाँचीका एकजना युवाको मृत्यु भएको पुष्टि भएको छ । अर्घाखाँची भूमिकास्थानका ३५ वर्षे युवाको भारतबाट आउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उनको गत जेठ ११ गते मृत्यु भएको थियो ।
नेपाल प्रवेश भएसँगै उनको शरीरबाट नमूना लिइएको थियो । उनको मृत्यु कारण भएको बिहीबार गरिएको परीक्षणमा पुष्टि भएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
SHARE YOUR THOUGHTS