धितोपत्र बोर्डले हचुवाको भरमा निर्णय गर्दा सेयर बजार ध्वस्त, बोर्डको हैसियतमाथि प्रश्न उठ्यो « Eglish Khabarhub

धितोपत्र बोर्डले हचुवाको भरमा निर्णय गर्दा सेयर बजार ध्वस्त, बोर्डको हैसियतमाथि प्रश्न उठ्यो



काठमाडौं । सेयर बजारका जानकारहरुले लामो समयसम्म बजार बन्द गराएर बस्ने धितोपत्र बोर्डको हैसियतमा प्रश्न उठाएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी मौद्रिक नीतिमा सेयर बजार क्षेत्रका समावेश हुनुपर्ने विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जानकारहरुले विभिन्न बाहनामा यति लामो समय बजार बन्द गराउने बोर्डको हैसियतमा प्रश्न गरेका हुन् ।

सेयर बजारको विकासका लागि चाहिने भौतिक पूर्वाधारको विकास नगर्ने र केही सीमित लगानीकर्ताको समूहको पछि लागेर बजार बन्द गरिएको भन्दै बजार बन्द गराउने नियामक निकायको हैसियत के हुने भन्दै प्रश्न उठेको छ ।

सेयर बजारका जानकार प्रकाश तिवारीले लकडाउनको अवधिमा सबैभन्दा लामो समय सेयर बजार बन्द गर्ने देश नेपाल नै भएको बताउँदै असन्तुष्टि जनाए ।

उनले केही व्यक्तिको सनकको भरमा बजारको मार्गनिर्देश गर्नु गलत भएको भन्दै धितोपत्र बोर्डको नेतृत्वले फाइलमा हस्ताक्षर गरेर बस्ने हो ? भन्दै प्रश्न गरेका छन् । अझै पनि नेपालको पुँजी बजार ३/४ दशक सुधार हुन नसक्ने तर्क गरे ।

अहिले लगानीकर्ताहरुले हचुवाको भरका माग लिएर हिँड्ने र २÷४ जनाको समूहले बजार बन्द गर्न आवश्यक भनेर हल्ला गरेको भरमा बजार बन्द गर्न नहुने उनको तर्क छ ।

बजार बन्द हुनु अगावै बजार किन बन्द गर्ने भन्ने विषयमा बिचार नगर्ने र बिना कारण हचुवाको भरमा बजार बन्द हुँदा त्यसको असर निकै हुने उनको भनाइ छ ।

‘बजार विकासको काम गर्न नसक्ने हो भने सेबोनको के काम ? बजारको सिद्दान्तअनुसार काम गर्न नसक्ने हो भने सेबोनले किन सयौं कर्मचारीलाई तलब खुवाएर राख्ने ?’ भन्दै तिवारीले प्रश्न गरेका छन् ।

विदेशमा बोन्ड मार्केट बढी हुने र नेपालमा इक्विटी बढी भएकाले बजारको प्रभावकारी रुपमा विकास हुन नसकेको उनको तर्क छ ।

मौद्रिक नीतिमा डिजिटल पेमेन्ट गेट वे सेवा दिने कम्पनीलाई आईपीओ ल्याउने प्रोत्साहित गर्ने नीति आवश्यक रहेको उनको भनाइ छ । अहिले धितोपत्र बोर्ड हाल भएका बैंक तथा वित्तीय संस्था र केही उत्पादनमूलक कम्पनी बोहकलाई बजार आउन नदिने गरेको उनको तर्क छ ।

बजार घट्दा मार्जिनको सीमा ९० प्रतिशतसम्मदिँदा फरक नपर्ने र बजार बढेको समयमा राष्ट्र बैंकले घटाउन सक्ने भन्दै त्यसमा सबैले ध्यान दिन आवश्यक रहेको बताए । यो बेलामा मार्जिन लोनको सीमा बढाउँदा बजारको हितमा नै काम हुने उनको दाबी छ ।

चालु आवको तेस्रो त्रैमासको रिपोर्टमा बैंक तथा वित्तीय संस्थाको वितरणयोग्य नाफा घेटेकाले लगानीकर्तालाई असर पर्ने बताए ।

लामो समय बन्द भएको बजारमा विदेशी लगानीकर्ता किन आउने ? नेपालमा लगानी गरेर लाभांश लैजान समस्या छ त्यो समस्या नभएसम्म किन विदेशी नेपालमा आएर लगानी गर्ने ? भन्दै प्रश्न उठिरहेको भन्दै यस्ता प्रश्नमा सरोकारवाला निकायले धयान दिन आवश्यक रहेको तर्क गरे ।

लामो समय बजार बन्द हुँदा सेयर बजारमा करिअर छ भनेर बस्ने धेरै चिन्तित रहेको भन्दै हाल भएका लगानीकर्तामा निराशा छाउन लागेको उनको भनाइ छ । उनले आगामी दिनमा बैंक तथा वित्तीय संस्था मर्जर एक्विजिसन गर्दा लगानीकर्ताको सेयर किनबेच हुन नपाउने भन्दै यस्तो व्यवस्थाको विकल्प खोज्न आग्रह गरे । स्वाप रेसियो निर्धारण भएपनि सेयर कारोबार खोल्दा कुनै असर नपर्ने उनको भनाइ छ ।

उनले बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिने विषयमा पनि अध्ययन आवश्यक रहेको बताए ।

‘मार्केट डिलर आएर हुने के हो ? उसले घाटा खाएर लगानी गर्ने होइन । तरलतामा केही सहज हुने मात्रै हो यस्ता कुरामा माग राख्नेले बुझन आवश्यक छ’ उनले भने ।

धितोपत्र बोर्डको पूर्व अध्यक्ष सुरविर पौडेलले धितोपत्र बजारलाई राष्ट्र बैंक, सरकारले कम प्राथमिकतामा राखेको बताए ।

अब वास्तविक क्षेत्रका क्रम्पनीलाई ल्याउनुपर्ने उनको भनाइ छ । सूचिकृत हुन आउनेलाई कर्जामा सहुलिएर दिने नीति आवश्यक रहेको र यो भएको खण्डमा बजारको विकासमा सघाउ पुग्ने बताए ।

राष्ट्र बैंक तथा वित्तीय संस्थाको हितमा मौद्रिक नीति ल्याएको खण्डमा त्यसको प्रभाव बजारमा पर्ने छ । उनले भने ‘धेरै लगानीकर्ताको लगानी बैंक तथा वित्तीय संस्थामा रहेको छ ।’

नियामक निकायको रुपमा धितोपत्र बोर्डले काम गरिरहेको र एकैपटक रातारात काम गर्न नसकिने बताए । ऐनमा भएको काम गर्दै जाने हो भने बोर्ड र बजारको विश्वसनियता बढदै जाने उल्लेख गरे ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले तीन महिना बजार बन्द हुँदा बढी पीडित लगानीकर्ता भएको बताइन् । नियामक निकायको कमजोरीका कारण बजार खुल्न नसकेको उनको दाबी छ ।

सेयर बजारको लागि नीतिगत सुधार आएको रहेको उनको तर्क छ । पूर्णअनलाइन भएको खण्डमा बजार बन्द गर्न नपर्ने भएपनि यसमा नियामक निकायले ध्यान दिन नसकेको दाबी गरिन ।

अब बजार खोल्नुपर्ने र खोलेको बजार अब कहिल्यै पनि बन्द गर्न नहुने उनको तर्क छ । बजेटमा धेरै अपेक्षा भएपनि त्यो अपेक्षा पूरा हुन नसकेको बताएन । उनले भनिन् ‘हाम्रो अपेक्षा भनेको बजेटभन्दा मौद्रिक नीतिमा बढी हुन्छ ।’

कनेक्ट आइर्एपीएइसबाट कारोबार गर्दा अनलाइन कारोबारको सीमा तोक्नु नहुने, मार्जिक लोनको सीमा ८० प्रतिशत राख्नुपर्ने माग रहेको जानकारी गराइन् ।

सेयर लोनमा रहेको चर्को ब्याज घटाउनुपर्ने पनि लगानीकर्ताको माग रहेको उनको भनाइ छ । बोर्डले लगानीकर्ताको माग अनिवार्य बोर्डले पूरा गर्न आवश्यक रहेको तर्क गरिन ।

नेपाल ब्रोकर एसोसिएसनको अध्यक्ष भरत रानाभाटले कनेक्ट आईपीएसबाट पैसा पठाउनको लागि लगानीकर्ताले त्यो सेवा लिन आवश्यक रहेको बताए । त्यसमा लगानीकर्ताले ध्यान नदिएको उनको आरोप छ ।

लकडाउनसँगै सबै कुरा खुलेको भएपनि हिजोको नेप्सेको निर्णय अनुसार बजार अब अनिश्चितकालका लागि बन्द भएको र यस्तो हचुवाको निर्णय गर्न नहुने बताए । यता नियामक निकायले आवश्यक कानून समयमा नै सुधार नगर्ने परिपाटी रहेको तर्क गरे ।

Publish on: