गोष्ठी र तालिममा बजेट कटौती गरेको काठमाडौं महानगरले भवन निर्माणका लागि छुट्यायो बजेट « Eglish Khabarhub

गोष्ठी र तालिममा बजेट कटौती गरेको काठमाडौं महानगरले भवन निर्माणका लागि छुट्यायो बजेट



काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार आगामी वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । कुल १६ अर्ब ४२ करोड रुपैयाँ बजेट ल्याएको महानगरले केही क्षेत्रमा खर्च कटौती गरेको छ ।

उपमेयर हरिप्रभा खड्गीले सार्वजनिक गरेको बजेटमा गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा बजेट कटौती गरेको उल्लेख छ । त्यसका साथै आगामी वर्ष सम्पदा संरक्षण तथा सम्बद्र्धन र पूर्वाधार विकासलाई महत्व दिइएको उल्लेख छ ।

खड्गीले सुत्रमा आधारित बजेट प्रणालीमा महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हासिल हुने विश्वास व्यक्त गरिन ।

गोष्ठी र तालिममा बजेट कटौती गरेको महानगरले कार्यालय भवन निर्माणका लागि भने बजेट छुट्याएको छ । त्यसैगरी भर्टिल पार्किङ भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण, मेघा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवद्र्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात व्यवस्थापन जस्ता कार्यक्रमहरु समेत अगाडि बढाइएको उल्लेख छ ।

साथै आगामी आर्थिक वर्षका लागि पारित भएको नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत सिप विकास कार्यक्रम, ‘मेड इन काठमाडौं, जीवन निर्वाहका लागि पारिश्रमिक कार्यक्रम, ‘हप अन हप अफ बस’ सञ्चालन, प्रविधिमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा सञ्चालन, युवासँग मेयर कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

Publish on: