पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमित थपिए, कुल संख्या १३ हजार २४८ पुग्यो « Eglish Khabarhub

पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमित थपिए, कुल संख्या १३ हजार २४८ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या ४७६ ले बढेर १३ हजार २४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुनेको संख्या ३ हजार १३४ छ । जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै १२१ जना उपचारपछि निको भएका छन् । हाल आइसोलेसनमा १० हजार ८५ जना संक्रमित उपचाररत छन् ।

हाल क्वारेन्टिनमा रहनेहरुको संख्या ५७ हजार ३६८ छ ।  त्यसैगरी पीसीआर परीक्षण हालसम्म २ लाख २३ हजार ६३० पुगेको छ । त्यसैगरी आरडीटी परीक्षण २ लाख ९७ हजार ८७१ पुगेको छ । पछिल्लाे २४ घण्टामा ७ हजार ७९१ वटा पीसीआर परीक्षण र आररडीटी परीक्षण १ हजार ८२२ वटा भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या २९ छ । पछिल्लो २४ घण्टामा मात्रै १ जनाको मृत्यु भएको छ ।

Publish on: