काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राैतहटका जिल्लाका कोरोना संक्रमितको मृत्यु भएको हो ।
उनको नमूना संकलन गरी परीक्षणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा थियो । मृत्यु भएपछि असार १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उनको असार १३ गते राति श्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा मृत्यु भएको थियो । उनी ३ महिनायता उपचाररत थिए ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या ४०० ले बढेर १३ हजार पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म उपचारपछि निको हुनेको संख्या ३ हजार छ । जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै २०० जना उपचारपछि निको भएका छन् ।
हाल क्वारेन्टिनमा रहनेहरुको संख्या ५० हजार ३४५ छ भने पीसीआर परीक्षण हालसम्म १ लाख ७० हजार ७६० पुगेको छ । त्यसैगरी आरडीटी परीक्षण २ लाख १० हजार ४५६ पुगेको छ ।
SHARE YOUR THOUGHTS