घर जग्गा व्यवसायीको कोरोना कोषमा ३१ लाख रुपैयाँ सहयोग « Eglish Khabarhub

घर जग्गा व्यवसायीको कोरोना कोषमा ३१ लाख रुपैयाँ सहयोग



काठमाडौं । घर जग्गा व्यवसायीहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सहयोग गरेका छन् । नेपाल घर जग्गा तथा आवास विकास संघ (एनएलएचडीए) ले सरकारलाई ३१ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

संघका अध्यक्ष मीन बहादुर श्रेष्ठले सोमबार सहयोग रकम अर्थमन्त्रीलाई मन्त्रालयमा नै गएर हस्तान्तरण गरेका हुन् । संघको सहयोगले सरकारलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा थोरै भएपनि सहयोग पुग्ने अध्यक्ष श्रेष्ठको विस्वास छ ।

रियल स्टेट व्यवसायीहरुद्वारा २०५० सालमा स्थापित सो गैर सरकाररी संघले नेपालको व्यवस्थित शहरीकरणमा महत्पपूर्ण योग्दान पुर्याएको जनाएको छ ।

Publish on: