काठमाडौं । मलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए-नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गरेको छ ।
विश्वव्यापी कोभिड-१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनःविचार आवश्यक देखिएको एमसीए नेपालले बताएको छ ।
‘पूर्वनिर्धारित मिति २०७७ असार १६ मा कम्प्याक्टको कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति हाम्रासामू देखापरेको अवस्था छ, एमसीए-नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वसर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशिल छ,’ एमसीए नेपालले भनेको छ ।
SHARE YOUR THOUGHTS