काठमाडौं । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गराउने सीसीएमसीले निर्णय गरेको छ ।
सोमबार बसेको सीसीएमसीको बैठकले क्वारेन्टिनहरुमा विभिन्न संघसंस्थाले सहयोग गर्नका लागि सरकारसँग अनुमति लिएर मात्रै जान दिने निर्णय गरिएको छ ।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जानेहरुका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने, विमानस्थलमा काम गर्नेका लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु २ जोर उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले हवाई मार्ग वा स्थलमार्गबाट उपत्यकामा आउने व्यक्तिले घरमा क्वारेन्टिन बस्न चाहेमो स्थानीय निकाय र प्रहरीको अनुमतिमा होम क्वारेन्टिनमा बस्न अनुमति लिने व्यवस्था गरिएको छ ।
त्यसैगरी भाषा परीक्षालगायतका परीक्षा, उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेछ ।
आन्तरिक हवाई उडान सञ्चालन गर्ने विषयमा भने सोमबार साँझ बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।
SHARE YOUR THOUGHTS