काठमाडौं । सरकारले खुकुलो बनाएको लकडाउनमा नियम कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साउन ७ गतेसम्मका लागि अहिलेको लकडाउन मोडललाई निरन्तरता दिने निर्णय गरेको हो ।
यसबीच उद्दार बाहेकका सम्पूर्ण हवाई उडान बन्द हुनेछन् भने विद्यालय पनि बन्द हुनेछन् । साथै सार्वजनिक सवारी साधन चल्ने छैनन् भने निजी सवारीमा जोर-बिजोर प्रणाली लागू हुनेछ ।
सभा समारोह, प्रदर्शन गर्न रोक लगाइएको छ भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् ।
SHARE YOUR THOUGHTS