काठमाडौं । मेगा बैंक र गण्डकी विकास बैंकको एकीकृत कारोबार असार २१ गतेदेखि सुरु गर्ने भएको छ ।
मेगाले गण्डकीलाई एक्वायर गरेपछि अब मेगा बैंकको नामबाट एकीकृत कारोबार हुने छ ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिइसकेको छ । गण्डकीलाई एक्वायर गरेपछि मेगाको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ ।
प्रतिक्रिया