सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल ५ रुपैयाँ र डिजेल २ रुपैयाँले बढ्यो « Eglish Khabarhub

सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल ५ रुपैयाँ र डिजेल २ रुपैयाँले बढ्यो



काठमाडौं । लकडाउनको बेला जनताको क्रय शक्ति कमजोर भएको बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोलमा अत्याधिक कर थपेको सरकारले पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ र डिजल तथा मट्टितेल २ रुपैयाँले बढाएको हो ।

आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ ।

Publish on: