काठमाडौ । सुनको मूल्यले नयाँ रेकड कायम गरेको छ । पछिल्लोसमय लगातार बढिरहेको सुनको मुल्य बुधबार ९१ हजार ७ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लकडाउनको करिब अढाइ महिना पछि पुनः सुनको मुल्य सार्वजनिक गरिएसँगै सुनको लगातार बढिरहेको छ । छापावाला सुनको मूल्य बुधबार एकैदिन तोलामा ५ सय रुपैयाँ बढेको हो । मंगलबार छापावाला सुनको मूल्य महासंघले ९१ हजार ३ सय रुपैयाँ तोकेको थियो ।
यसैगरी, बुधबार तेजावी सुन प्रतितोला ९१ हजार २६५ रुपैयाँ र चाँदी प्रतितोला ९६० रुपैयाँ मुल्य निर्धारण गरिएको छ ।
प्रतिक्रिया