काठमाडौं । कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अछाम जिल्ला रामरोशन गाउँपालिकाका वडा नम्बर ५ का ४५ वर्षे एक पुरुषको मृत्यु भएको हो । उनको असार १४ गते बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । असार १३ गते एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
उनी मधुमेहका बिरामी थिए । उनको मृत्यु भएको भोलिपल्ट स्वाव संकलन गरी असार १६ गते परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
हालसम्म मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
SHARE YOUR THOUGHTS