काठमाडौं । महालक्ष्मी विकास बैंकले कारोनाका कारण प्रभाववित भएकालाई आर्थिक सहयोग गरेको छ । बैंकको पोखरा महानगरपालीका न्यूरोड शाखाले कारोनाका कारण आर्थिक अभावमा परेका परिवारलाई राहत सहयोग गरको हो ।
बैंकको शाखाले आर्थिकस्तर न्यून भएका ५० घर परिवारहरुका लागि राहात प्याकेज वितरण गर्नका लागि ५० न्यूरोड शाखाका प्रबन्धक गणेश आचार्यले हजार रुपैयाँ पोखरा महानगर वडा ९ का अध्यक्ष रामराज लामिछानेलाई हस्तान्तरण गरेका हुन् ।
सो सहयोगले अहिलेको असहज परिस्थितिमा उक्त परिवारहरुको जीवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
SHARE YOUR THOUGHTS