काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्व प्रति आक्रोशित भएका छन् ।
नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६र्औ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन् ।
उनले नेविसंघले गाउँगाउँमा, स्कुल स्कुलमा नेविसंघ बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरे ।
अहिले गाउँ ठाउँ स्कुल कतैपनि नेविसंघ नरहेको र कुनैपनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै आक्रोशित भए ।
पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफुसँग कुरा गर्न आउन उहाँले विद्यार्थी नेताहरुलाई निर्देशन दिए ।
https://www.facebook.com/clickmandu/videos/199502988086044/
‘राम्रोसँग गर्नुस, नेविसंघलाई बलियो बनाउनुस । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस । जहाँ पनि हारेको हार्यै छ नेविसघं लाजपनि छैन् । हामी सबैठाउँमा जितेका थियौं । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीपनि नेविसंघ देखिदैन । गाउँ स्कुलमा जवसम्म नेविसंघ हुँदैन तवसम्म कहिल्यै पार्टी बलियो हुँदैन् । त्यही नेविसंघ त हो नी पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने । कहिले सभापतिलाई भने । एबाबा गाउँमा बोलाउ गाउँमा । स्कुलमा नेविसंघ बनाउ बनाउँदै बनाउँदैन् । अनि हारेको हा¥यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ । कसरी जिते कम्युनिष्टहरु । उनीहरुले गाउँगाउँमा बनाए । काठमाडौंमा आएर बर्ताबर्ता भाषण गरेर केही हुने वाला छैन् । गाउँमा जाउ गाउँमा । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ अनिमात्र झगडा गर्न आउ । केही नगर्ने मसित कुरा गर्ने ? देउवाले भने ।
उनले अहिले नेविसंघ भित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबिच कुरा गरी समस्याको समाधान निकालिने बताए ।
उनले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बताउनुभयो । आफू अहिले सम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोहीपनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मन्नुपर्ने अवस्था आएको बताए ।
‘अहिलेको कुरा केही होइन सबैकुरा हुन्छ । नेविसंघको पूर्णता हुन्छ । नेपाली कांग्रेसको अधिवेसनको काम भइरहको हुन्छ । त्यस कारणले दुई साइडको कुरा हुँदै गर्छ । हाम्रा केही समस्याहरु छन । बहिरपट्टी जाँदैन् । विद्यार्थीहरु आपसमा मिल्या भए समस्यै हुन्थेननी । आफुलहरु झगडा ग¥याग¥यै छन । म नेविसंघको सभापति पनि हुँ । तीन पल्ट प्रधानमन्त्री भइसके चार पल्ट भइसे । तपाईहरु कोही हुन सक्नुहुन्छ भोलि यस्तै हिसाबले लाजपनि छैन यहाँ,’ देउवाले भने ।
SHARE YOUR THOUGHTS