कृषि विकास बैंकबाट ह्याक गरी रकम चोर्ने एकजना पक्राउ « Eglish Khabarhub

कृषि विकास बैंकबाट ह्याक गरी रकम चोर्ने एकजना पक्राउ



काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाण्डौ समेतबाट अपराधिक समूहका व्यक्तिले संगठितरुपमा बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गर्ने सौजन तामाङ पक्राउ परेका हुन् ।

तामाङलाई महाशाखाबाट खटिएको टोलीले मिति असार २० गते बेलुका साढे ५ बजे ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको हो ।

उनलाई अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि आजै काठमाडौं जिल्ला अदालतमा पठाइएको छ ।

गत असोज ७ गते कृषि विकास बैंकको न्यूरोड शाखाबाट सुनिता श्रेष्ठको खातामा रहेको ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार भुक्तानी लिएका थिए । त्यसैगरी श्रवण कुमार श्रेष्ठको खातामा २० लाख रुपैयाँ रकमान्तर गर्न चेक पेश गरेको अवस्थामा शंका गरिएको थियो ।

Publish on: