काठमाडौं । मास्क नलगाई हिँड्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।
गृहमन्त्रालयका अनुसार संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिनेछ । हाल पूर्णरुपमा लकडाउन नखुलिसकेको भन्दै घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन र एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्न भनिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. जागेश्वर गौतमले गृहमन्त्रालयले सबैलाई निर्देशन समेत दिइसकेकाले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह समेत गरे ।
SHARE YOUR THOUGHTS