काठमाडौं । सानिमा बैंकको नेतृत्वमा चौधरी ग्रुपको सिजी सिमेन्टमा २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह हुने भएको छ ।
सानिमा बैंकले नेतृत्व गरेको सहवित्तीयकरण अन्तर्गतको कर्जामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक,सनराइज बैंक, प्रभु बैंक, नेपाल, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र र नेपाल एसबिआई बैंकले ऋण प्रवाह गर्ने छन् ।
सिजी सिमेन्टको क्लिङ्कर क्षमता १९५० मेट्रिकटनबाट बाटा २९५० गर्नको लागि २ अर्ब ३७ करोड ८० लाख गरेर कुल ९ अर्ब ६ करोड ३० लाख कर्जा दिन बैंकहरुबीच सम्झौता भएको छ ।
बैंकहरुबीच २०७६ पुस ७ मा सहवित्तीयकरण सम्झौता भएको थियो । पुरक सम्झौतामा असार ३० गते हस्ताक्षर भएको छ ।
उक्त समारोहमा अगुवा बैकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरे ।
SHARE YOUR THOUGHTS