एनआइसी एशिया लघुवित्तको सेयर होल्ड गर्दै राम्रो (प्राविधिक विश्लेषण) « Eglish Khabarhub

एनआइसी एशिया लघुवित्तको सेयर होल्ड गर्दै राम्रो (प्राविधिक विश्लेषण)



लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ निष्काशन गरेको एनआईसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १२ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड ४३ लाख रुपैयाँ अर्थात् ५६.५१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ७ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस लघुवित्तले सो अवधिसम्ममा गत वर्षभन्दा २४.९९ प्रतिशतले वृद्धि भई २७ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५ करोड ४२ लाख रुपैयाँ बढी हो ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ७ करोड १६ लाख रुपैयाँ बढेर १९ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कर्मचारी खर्च ४ करोड १७ लाख रुपैयाँले बढेर २ करोड ९७ लाख रुपैयाँबाट ५ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष जोखिम व्यवस्थापन खर्च ३ करोड ९३ लाख रुपैयाँ छुट्याएकोमा तेश्रो त्रैमाससम्मा ३ करोड ८१ लाख रुपैयाँ मात्र राखेको छ ।

एनआईसी एशिया लघुवित्तले १ अर्व १ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन तथा ५ अर्व ६० करोड ६० लाख रुपैयाँ सापटी लिएको देखिन्छ । त्यस्तै ७ अर्ब २२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

कूल १ अर्ब ४५ लाख रुपैयाँ चुक्तापूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २२ करोड ७५ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३० पैसा, पुँजी कोष अनुपात १६.१७ प्रतिशत छ । निस्क्रिय कर्जा ०.३२ प्रतिशत पुँजी कोष लागत १०.३० प्रतिशत तथा किताबी मूल्य १२२ रुपैयाँ ६५ पैसा छ ।

हालै मात्र लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । लघुवित्तले निष्काशन गरेको यो आईपीओ लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो ।

सो आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको थियो । जाजरकोटको खलंगामा केन्द्रीय कार्यालय स्थापना गरी २०७४ मंसिर १२ गतेदेखि सञ्चालनमा आएको यस लघुवित्तले गत मंसिर २३ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभामार्फत् आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

फ्लोरसिट

गत असार २५ गतेदेखि यस लघुवित्तको शेयर कारोबार दोस्रो बजारमा शुरु भएको थियो । सोही दिन यस लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढी ३६४ रुपैयाँ पुगेको थियो । त्यसपछिका दिनहरुमा पनि पोजेटिभ सर्किट लाग्दै उकालो लागेको थियो । गत सातासम्म आइपुग्दा भोल्युममा कारोवार हुनु साथै राम्रो सप्लाइ देखियो ।

यस लघुवित्तलाई फ्लोरसिटबाट हेर्दा ३८ नम्बरबाट सर्वाधिक २० हजार कित्ता बढी खरिद तथा विक्री भएको छ । त्यसपछि खरिदतर्फ ४ लाख ५३ हजार ४४० कित्ता तथा ४१ नम्बर ब्रोकरबाट बढी खरिद भएको छ भने उक्त ब्रोकरबाट थोरै मात्र बिक्री भएको देखिन्छ ।

त्यस्तै ४४ लाख २५ हजार ८३४ तथा ४५ नं ब्रोकरबाट सबैभन्दा बढी कारोवार भएको देखिन्छ । त्यस्तै बजार मूल्य ४८० तथा २६५ को तहमा १ लाख ३० हजार देखि १ लाख २० हजार कित्ता शेयर कारोवार भएको छ ।

त्यस्तै बिक्रीमा ३८ नम्बर ब्रोकरपछि ४४ बाट ५८, ३४, २९, १६ बाट सक्रिय देखिन्छ । औसत मूल्यको आधारमा ८३१ मूल्यमा ८३ हजार ८३१ तथा र ७५६ मूल्यमा ३५ हजार ८५८ कित्ता कारोवार भएको देखिन्छ । तसर्थ अग्नी ८३० देखि ७५० को तह बलियो टेवा मान्न सकिन्छ ।

निष्कर्ष

गत साताबाट कारोवार शुरू भएको कम्पनी ९ दिनको मुभिङ एभरेजमा चलिरहेको छ । त्यस्तै बिहीबार स्याडोसहितको वियरिश मैनबत्ति बनाएर बन्द भएको छ । एमएसीडी लाइन र सिग्नल लाइन दुबै पोजिटिभ जोनमा चलिरहेका छन् तर एमएसीडी लाइन र सिग्नल लाइन ओभरलाप छ । आरएसआई ७० जोनबाट झरेर ६० को जोन तिर चलिरहेको हुनाले बजारमा बिक्रीको चाप बढेको संकेत गरेको छ । बोलिङर ब्याण्डले बजारमा स्थितर बढी भएको संकेत गरेको छ भने २३.६ प्रतिशत फिबोनाची रिट्रेस्मेन्ट तिर टेवा लिएको छ । हालको अवस्थामा नजिकको टेवा अंक तथा प्रतिरोध अङक क्रमशः ४३५ तथा ५२० छ ।

गत साताको असार २५ गतेदेखि यस लघुवित्तको शेयर कारोबार दोस्रो बजारमा शुरु भएको थियो । सोही दिन यस लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढी ३६४ रुपैयाँ पुगेको थियो ।

त्यसपछिका दिनहरुमा पनि पोजेटिभ सर्किट लाग्दै उकालो लागेको कम्पनी साता अन्त्य तिर आइपुग्दा ८३० रुपैयाँको तहमा राम्रो भोलुममा कारोवार र सप्लाइ साता ७९३ रुपैयाँ कारोवार बन्द भएको छ । लघुवित्तको तेश्रो त्रैमाससम्म ५६.५१ प्रतिशत नाफा वृद्धि गएको छ ।

लघुवित्तको खुद ब्याज आम्दानीमा वृद्धि तथा अन्य सञ्चालन खर्चमा कटौती तथा जोखिम व्यवस्थापन कोषमा स्थिर राख्न सक्नुले खुद नाफा बढ्न पुगेको हो ।

यद्यपि कर्मचारी खर्चतर्फ अघिल्लो वर्ष तुलना ९३ प्रतिशतले वृद्धि भएको देखिन्छ । नाफा तुलना चुक्ता पुँजी शतप्रतिशतले प्रतिशेयर आम्दानी २३ प्रतिशतले संकुचन आएको छ ।

तथ्यांकको आधारमा गरिएको प्राविधिक विश्लेषणलाई आधार मानेर हुने लगानीको लाभहानीको जिम्मेवार क्लिकमाण्डू हुने छैन

Publish on: