मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दर्ता नगरी अनलाइन व्यवसाय चलाउने ग्यापु मार्केट्प्लेसलाई ५० हजार जरिवाना


काठमाडौं । दर्ता नगरी अनलाइन व्यवसाय चलाउने ग्यापु मार्केट्प्लेसलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५० हजार जरिवाना गरेको छ ।

संरक्षण ऐन २०७५ को दफा २०(२) बमोजिम अनलाइन व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गरेको दफा ३८(ट) को कसुरमा सोही ऐनको दफा ३९ (१) (घ) बमोजिक आइतबार ५० हजार जरिवाना गरेको विभागले जानकारी दिएको छ ।

त्यसैगरी विभागले क्याम्प वाटर प्रालिलाई पनि जरिवाना गरेको छ  । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० (२) बमोजिम कार्य गरेकोले दफा ३८ (ट) को कसुरमा सोही ऐनको दफा ३९ (१) (घ) बमोजिम ५० हजार रुपैयाँ जरिवान गरेको छ ।