माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चयबीच डिजिटल कारोबारको सम्झौता « Eglish Khabarhub

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चयबीच डिजिटल कारोबारको सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चयबीच डिजिटल कारोबार सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको हो ।

सो सम्झौतामा बैंकका नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने र कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चय कोषका ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लग इन गरेपश्चात् गभरमेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् ।

साथै अब कर्मचारी सञ्चय कोषबाट कर्जा लिएका ऋणीहरूले साँवा र ब्याजसहितको किस्ता रकम बिद्युतिय माध्यमबाट भुक्तानी गर्न सक्ने छन् । भने बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको  माछापुच्छ्रे बैंक देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत् बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।

Publish on: