ऋण तिर्न नसकेर अपहरणको अभिनय गर्दा … « Eglish Khabarhub

ऋण तिर्न नसकेर अपहरणको अभिनय गर्दा …


१६ श्रावण २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

सिन्धुपाल्चोक । अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन् । ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए ।

अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

उनलाई अपहरणको नाटक गरी झुटा अपवाह फैलाइ समाजमा नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।

गत बुधबार साँझ ७ बजे सुनकोशी गाउँपालिका–५ यमुनाडाँडास्थित फूपूको घरमा बसिरहेको अवस्थामा खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । वर्ष दिनअघिदेखि गाउँमा कुखुरापालन गरेर बसेका उनले ऋण सापटी लिएको पैसा तत्काल तिर्नुपर्ने र उनले तिर्न नसकेपछि यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार ००:००  १० : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping