पोखरा महानगरमा फस्टाउँदै कौसी खेती, मासिक ५० करोडको तरकारी उत्पादन « Eglish Khabarhub

पोखरा महानगरमा फस्टाउँदै कौसी खेती, मासिक ५० करोडको तरकारी उत्पादन


१६ श्रावण २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । खेती गर्न बारी वा खेत चाहिन्छ नै भन्ने छैन । कौसीमा वा कम्पाउन्डमै पनि खेती गर्न सकिन्छ र राम्रो आम्दानी गर्न सकिन्छ ।

काठमाडौं उपत्यकाको काठमाडौं र ललितपुरमा समेत पछिल्लो समयमा कौसी खेती गर्न थालिएको छ । त्यसले अर्गानिक उपज उपभोग गर्न सकिन्छ भने अनावश्यकरूपमा पैसा खेर जाने जोखिम समेत रोकिन्छ । आत्मनिर्भर बन्न समेत सहयोग पुग्छ ।

यसै क्रममा पोखरा महानगरपालिका कृषि महाशाखाले पनि पोखराका विभिन्न स्थानमा कौसी खेतीका लागि अभियान नै शुरू गरेको छ । पोखरा महानगरका करिब १ लाख ५० हजार घरमा खेती गर्दा मासिक ५० करोड रूपैयाँ बराबरको तरकारी फलाउन सकिने महानगरका कृषि समेत हेर्दै आएका प्रमुख मनहर कडरियाले बताए ।

पोखरा नगरभित्र उत्पादन हुने फोहरलाई घरघरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी गरिएको छ ।

महानगरले ‘छुट्याऔं फोहर, बनाऔं मोहर’ भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा महानगरका ११ वडामा अभियान सञ्चालन गरिने छ ।

अभियान सञ्चालन गर्न पोखरा महानगरप्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १४८ सदस्यीय मूल समिति गठन गरिएको छ । अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सुझावसमेत संकलन गरिएको छ ।

महानगर प्रमुख जिसीले घरमा उत्पादन हुने फोहरलाई ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए । उनले घरमा उत्पादित फोहरमध्ये कुहिने फोहरलाई प्रांगारिक मल तथा ऊर्जा निकाल्न प्रेरित गर्दै कौसी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए ।

जिसीका अनुसार फोहर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घरघरमा तीन प्रकारका फोहरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई यथास्थितिमा नै आगामी चार महिनासम्म निरन्तरता दिने, चार महिनाभित्रमा फोहरमैला व्यवस्थापन, मूल्यलगायतका मापदण्ड निर्माण गरी स्वीकृतिका लागि महानगरमा सिफारिस गरिनेछ ।

अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडाध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मूल समिति र सचिवालय समिति गठन गरी फोहरमैला व्यवस्थापन गरिने मूल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका साही योगीले जानकारी दिइन् । योगीका अनुसार कुन वडामा कहिलेदेखि अभियान थाल्ने सचिवालयको बैठकले निर्णय गर्नेछ ।

सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले पोखरामा दैनिक १८२ टन फोहर उत्पादन हुने गरेको बताए । उनका अनुसार फोहरमध्ये ८० प्रतिशत घरयासी फोहर नै उत्पादन हुने गरेको छ । कोइरालाले पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर तीन ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको बताए ।

पोखरा महानगरपालिका सरसफाइ शाखाका प्रमुख तथा मूल समितिका सदस्यसचिव कल्पना बरालले पोखरामा २०३६ सालमा कुचीकारका रूपमा कर्मचारी नियुक्ति गरेर सरसफाइको काम अगाडि बढेको र २०४६ बाट सवारी साधन ल्याएर फोहर व्यवस्थापन गरिएको बताए ।

। बरालका अनुसार पोखरामा विसं २०५५ मा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको र २०५९ सालमा सम्पन्न भए पनि २०६१ सालदेखि ल्यान्डफिलमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार ००:००  ४ : ३६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping