ओम्निच्यानल–नेपालमार्फत् एनएमबिका सम्पुर्ण कारोबार अब डिजीटल माध्यममा « Eglish Khabarhub

ओम्निच्यानल–नेपालमार्फत् एनएमबिका सम्पुर्ण कारोबार अब डिजीटल माध्यममा



काठमाडौं । एनएमबी बैंकले “एनएमबि ओम्निच्यानल” सार्वजनिक गरेको छ । बैंकले डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्ने उद्देश्यले वेब र मोबाइल एप्लिकेशनमा “एनएमबी ओम्निच्यानल” प्रस्तुत गरेको हो ।

‘साचै डिजिटल बैंकिङ्ग अनुभव’ मुल मन्त्र सहित ओम्निच्यानल डिजाईन गरी बैंकिङ्ग क्षेत्रमै यो पहिलो पटक अघि सारिएको बैंकले जनाएको छ ।

एनएमबी ओम्निच्यानलमार्फत ग्राहकहरूले नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिंग गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् ।

जसमा केवाईसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टीडीएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न/बन्द गर्न, समय अगावै एफडी प्रिम्याचुअर गर्न, एफडी बापत कर्जा लिन, खाताको उद्देश्य, कारोवार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट गर्न लगायतका सम्पूर्ण बैंकिङ कारोबारहरु ओम्नि च्यानलको प्लेटफर्ममार्फत् प्राप्त गर्न सक्ने बैंकको दाबी छ ।

सुविधाहरू समयसापेक्ष अपग्रेड गर्दै र प्रस्तुत गर्दे लगिनेछ । ग्राहकहरूले आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ‘भल्ःद्य’ मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्नको लागि प्रक्रियाहरु अनुसरण गर्न सक्नेछन् ।

“एनएमबी ओम्निच्यानल एक शुरु देखि अन्त्यसम्मको प्रक्रिया हो जसले सवै प्रकारको म्यानुअल कामलाइृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिमुक्त र कागजविहीन बैंकिङ्ग सुनिश्चित गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Publish on: