प्रभुु क्यापिटलको निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थपियो « Eglish Khabarhub

प्रभुु क्यापिटलको निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थपियो



काठमाडौं । प्रभुु क्यापिटल लिमिटेडले ३ वर्षे निःशुल्क डिम्याट योजना भदौ मसान्त सम्म थप गरेको जानकारी गराएको छ ।

‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ भन्ने नाराका साथ प्रभु क्यापिटलले साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो सेयर योजना सञ्चालन गरेको थियो ।

ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निःशुल्क योजना भदौ मसान्तसम्म थप गरेको जनाएको छ । धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार प्रभुले अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको जनाएको छ ।

उक्त योजनामा प्रभु क्यापिटलको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंकको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।

Publish on: