माछापुच्छ्रे बैंक र बार एशोसियनबीच सम्झौता, वकिलले बैंकबाट सहुलियत पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक र कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशन बीच एशोसिएशन संग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशन बीच भएको सम्झौतामा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल बार एशोसिएशनको तर्फबाट महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरे ।

नेपाल बार एशोसिएशनमा करिब २० हजार सदस्यहरु आवद्ध रहेका छन् । सम्झौता पछि नेपाल बार एशोसिएशनका सदस्यहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरुमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् ।

सरल र सहज रुपमा ग्राहकहरुलाई विभिन्न आर्कष योजनाका साथ सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एशोसिएशन लगायतका संस्थासंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई बिशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्धेश्यले सम्झौता गरेको थियो ।