काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधि लिमिटेडको लागि महाप्रबन्धक पदको विज्ञापन खुलाएको छ ।
महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धा प्रतियोगीद्वारा पदपूर्ति गरिने भएकाले योग्यता भएका इच्छुक व्यक्तिले २१ दिनभित्र कार्यालय समयमा सरकारी उद्योग तथा संस्थान शाखामा रीतपूर्वको दरखास्त दिन आग्रह गरेको छ ।
महाप्रबन्धक पदका लागि सरकारले तोकिए बमोजिमको योग्यता र अनुभव हुन आवश्यक रहेको सूचनामा भनिएको छ ।
जसमा मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सशास्त्र, जनस्वास्थ्य, फार्मेसी, इन्जिनियरिङ, सार्वजनिक प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानुनमा स्नाकोत्तर उतीर्ण गरेको वा चाटर्ड एकाउन्टेन्सी उपाधी हासिल गरेको हुनुपर्छ । त्यस्तै, सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ भने ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वेवसाइटमा प्रकाशित आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निमायका पदाधिकारीको नियुक्ति र मानोनयन सम्बन्धी, २०७७ को अनुसूची २ बमोजिमको ढाँचामा शैक्षिक योग्ता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण तथा अनुभव सम्बन्धी कागजातका प्रतिलिपिहरुलाई उम्मेदवार स्ययमले प्रमाणित गरि पेश गर्नुपर्नेछ ।
दरखास्त फारम तथा वेबसाइटमा उपलब्ध हुने तोकिएको ढाँचाको स्वः घोषणा पत्र उम्मेदवार स्वयमले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।
साथै, उम्मेदवारले नेपाल औषधी लिमिटेडको सु–सञ्चालनका लागि बढीमा ५ हजार शब्दको २ प्रति व्यावसायिक कार्यायोजना लाहाछाप सिलबन्दी गरी पेश गर्नुपर्नेछ । यस्तो व्यावासायिक कार्ययोजना एफोर साइजको सेतो कागजातमा एकापट्टी मात्र टाइप गरिएको हुनुपर्नेछ ।
व्यावसायिक कार्ययोजनाको प्रथम पृष्ठमा उम्मेदवारको नाम थर, स्म्पर्क नं. उल्लेख गरेर उम्मेदवार आफैले हस्ताक्षर गर्नु पर्नेछ ।
SHARE YOUR THOUGHTS