काठमाडौं । मंगलबार राति प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवको घरमा चोरी भएको छ । ललितपुरको इमाडोलस्थित बोजेपोखरीमा रहेको मन्त्री यादवको घरमा गएराति १ बजेदेखि २ बजेबीचमा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी वृत सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार उक्त समयमा घरको पर्खालबाट दोस्रो तलाको कौसीमा चढेर खुला रहेको सानो झ्यालबाट भित्र छिरेर चोरहरुले २ वटा कोठामा भएको सामान चोरी गरेका हुन् ।
मन्त्री यादवसहित उनको परिवार सुतिरहेको समयमा दुई वटा कोठामा छिरेर दुई वटा मोबाइल र १ लाख ८५ हजार नगद चोरी भएको डिएसपी शर्माले बताए ।
उनका अनुसार चोरहरुले सामसङ कम्पनीको नोट–८ र एस–१० मोडलको मोबाइल चोरेका हुन् । उक्त चोरी कार्यमा संलग्न हुनेको खोजी कार्य भइरहेको डीएसपी शर्माले बताए ।
SHARE YOUR THOUGHTS