काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्स लिमिटेडको इजाजतपत्र खारेज गरेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ अनुसार खारेज गरिएको जानकारी दिएको छ ।
क्रिष्टल फाइनान्सले २०५८ फागुन ८ गते इजाजत प्राप्त गरेको थियो ।
संस्थाको वित्तीय अवस्था बिग्रिएपछि राष्ट्र बैंकले २०६९ असोजमा समस्याग्रस्त घोषणा गरेको थियो । संस्थाले निक्षेपको तुलनामा कर्जा प्रवाह बढी गरेपछि समस्या उत्पन्न भएको थियो ।
तत्कालिन समयमा संस्थासँग ४९ करोड १३ लाख रुपैयाँ निक्षेप दायित्व थियो भने ८६ करोड ८० लाख रुपैयाँ कर्जा थियो । कम्पनीको चुक्ता पुँजी ९ करोड ४४ लाख रुपैयाँ थियो ।
SHARE YOUR THOUGHTS