बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय समयमा प्रहरीले नरोक्ने « Eglish Khabarhub

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय समयमा प्रहरीले नरोक्ने



काठमाडौं । भोलिबाट बैंकका कर्मचारी बाटैमा ट्राफिक प्रहरीले नरोक्ने भएको छ । अत्यावश्यक सेवा अन्तर्गतको बैंकका कर्मचारीलाई समेत प्रहरीले बिहान बाटैमा रोकेको थियो ।

निषेधाज्ञामा सेवा दिन हिडेका बैंकका कर्मचारीलाई प्रहरीले रोकेपछि जिल्ला प्रशासनसग सम्वन्य गरिएको राष्ट्र बैक नियमन विभागले जानकारी दिएको छ ।

‘आज ट्राफिक प्रहरी बीच नै सम्वन्य नहुदा कर्मचारीले केही समय दु:ख पाए, कर्मचारीसग पास खोज्ने काम भएछ । अहिले राष्ट्र बैंकले पास बनाउने अवस्था छैन, भोलि देखि सस्थाको परिचय पत्र देखाएर आवतजावत गर्न दिने सहमति जिल्ला प्रशासन र ट्राफिक प्रहरीसग भएको छ ,’ राष्ट्र बैंक नियमन विभागका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।

माथिल्लो निकायले जारी गरेको निर्देशन सबैसम्म समय लागेका कारण बिहान केही समय ट्राफिक प्रहरीले अत्यावश्यक सेवाका सवारी समेत नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ता बामदेश गौतमले बताए ।

‘ती सेवाका कम्युनिकेसन अभावका कारण केही ट्राफिकहरुले बैंक तथा वित्तीय संस्थाका कर्मचारी र अत्यावश्यक सामाग्री ढुवानीलाई रोकिएको थियो,’ उनले भने, ‘भोलिदेखि संस्थाको फोटोसहितको परिचयपत्र कार्ड देखाएर कार्यलय समयमा मात्र ती कर्मचारी आवतजावत गर्न दिइने छ ।’ तोकिएका ढुवानीका सवारीलाई आवश्यकता अनुसार आवागमनमा सहजीकरण गरिने उनले बताए ।

आजबाट एक साताका लागि सुरू भएको निषेधाज्ञाको अवज्ञा गर्ने ११ सय ३ वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये ८ वटा २१ मोटरसाइकल र बाँकी चार पांग्रे सवारी भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सरकारले कोरोना भाइरस संक्रमण बढेपछि राजधानीका ३ जिल्लामा भदौ १० गतसम्मका लागि निषेधाज्ञा घोषणा गरेको छ ।

जसमा अत्यावश्यक सेवा अन्तर्गतका सवारी साधनहरूलाई आवश्यक सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजै सूचना जारी गरेको थियो । जिल्ला प्रशासनले जारी गरेको सूचना ट्राफिक प्रहरीको तल्लो निकायसम्म समन्वय अभावका अत्यावश्यक सेवामा खटिएका सवारी समेतलाई प्रहरीले नियनत्रणमा लिएको हो ।

Publish on: