काठमाडौं । भन्सार छल्ने अभिप्रायले भारतीय ट्रकमा फल्स बटम बनाइ सामान आयात गर्ने ६ जनाविरुद्ध ३ करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धान विभागले ट्रकमा फल्स बटम अर्थात् नदेखिने क्याबिन बनाइ सामान आयात गर्न खोज्ने रजनिश कुमार गुप्ता र राजु थापा भन्ने राजेन्द्र थापासमेत ६ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले ३ करोड १९ लाख ७७ हजार ३७२ रुपैयाँ बराबरको सामान लुकाएर ल्याउन खोजेका थिए ।
वीरगञ्जका रजनिश कुमार गुप्ता, खैरहनी चितवनका राजु थापा समेतले ट्रकमा नदेखिने गरी कोठा बनाएर भारतीय कपडा राजस्व छली गरी नेपाल ल्याएका थिए ।
गुप्ता मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टकका सञ्चालक समेत हुन् । उनी र बरामद मालवस्तु भएको ट्रकका चालक सुनिल कुमारको हकमा बरामद मूल्यवस्तुको मूल्य ५३ लाख २९ हजार ५६२ रुपैयाँ बिगो कायम गरिएको छ ।
बारा जिल्ला कलैया नगरपालिका वडा नम्बर ८ आदर्शटोल स्थायी ठेगाना भइ काठमाडौंमा कपडा पसल सञ्चालन गरी उक्त कार्यको व्यवस्थापन गर्ने रञ्जित कुमार गुप्ता र मेरव पञ्चवटी अपार्टमेन्ट विकासपुरी दिल्ली भारत घर भइ ललितपुरको सनराइज टावरमा बस्ने सुजन शर्मा समेत उक्त कार्यमा संलग्न छन् ।
उनीहरुले पशुपति ट्रान्सपोर्ट सोलुसन नामको फर्मबाट कारोबार गर्ने गरिरहेका थिए । उनीहरुले ५ पटकसम्म चोरी पैठारी गरी सामान नेपाल ल्याएका थिए ।
SHARE YOUR THOUGHTS