काठमाडौं । निरन्तर ओरालो लागेको सुन आज पनि प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार ९ सय रुपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।
आज छापावाला सुनको प्रतितोला ९७ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ७ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
SHARE YOUR THOUGHTS