काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला जारी निषेधाज्ञा भदौ १७ गतेसम्म कायम हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सूचनामा भदौ १० गते रातिसम्म कायम भएको निषेधाज्ञाको अवधि भदौ १७ गतेसम्म कायम गरिएको छ ।
बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो ।
निषेधाज्ञाभर अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध र दुग्घजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री वितरण गर्ने पसल व्यवसाय बिहान ९ बजेर १५ मिनेटसम्म खोल्न पाइने छ भने औषधी, पानीमात्रै बिक्री गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल जुनसु्कै समयमा पनि निर्वाध रुपमा खुला राख्न पाइनेछ ।
SHARE YOUR THOUGHTS