विदेश जाने विद्यार्थीलाई ‘एनओसी’ खुला गर्ने सरकारको निर्णय « Eglish Khabarhub

विदेश जाने विद्यार्थीलाई ‘एनओसी’ खुला गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारको उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) खुला गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । तर कहिलेदेखि खुल्ने भन्ने उल्लेख गरिएको छैन ।

‘मन्त्रिपरिषदको बैठकले एनओसी खुला गर्ने निर्णय गरेको छ, तर कहिलेदेखि खुल्ने भन्नेबारेमा शिक्षामन्त्रालयले निर्णय गर्नेछ,’ स्रोतले भन्यो ।

सरकारले यसअघि अनलाइनमार्फत् एनओसी फारम भर्ने व्यवस्था गरेको छ । तर एनओसी लिन भने मन्त्रालय नै जानु पर्ने बाध्यता छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गत फागुन महिनादेखि एनओसी वितरण बन्द गर्ने निर्णय गरेको थियो ।

Publish on: