बैंक तथा वित्तीय संस्थाले सीएसआरको ५ प्रतिशत रकम वित्तीय साक्षरतामा खर्च गर्नुपर्ने « Eglish Khabarhub

बैंक तथा वित्तीय संस्थाले सीएसआरको ५ प्रतिशत रकम वित्तीय साक्षरतामा खर्च गर्नुपर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्था सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको ५ प्रतिशत रकम वित्तीय साक्षरतामा खर्च गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एककृत निर्देशिका–२०७७ जारी गर्दै सो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले नाफाको १ प्रतिशत रकम (सीएसआर कोषमा राखी खर्च गर्नुपर्ने व्यवस्था यसअघि राष्ट्र बैंकले गरेको छ ।

जसअनुसार सीएसआर कोषमा भएको रकमको ५ प्रतिशत वित्तीय साक्षरता सम्बन्धी विविध कार्यक्रम तथा लक्षित तालिमहरु सञ्चालन गरी महिला तथा सामाजिकरुपले पिछडिएका वर्गलाई वित्तीय सेवा सम्बन्धमा साक्षर बनाई वित्तीय सेवाप्रतिको पहुँच अभिबृद्धिका गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

Publish on: