काठमाडौं । नबिल बैंकले कर्जा र निक्षेपका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले स्थापनाको ३६औं वर्ष पुगेको अवसरमा कर्जाको ब्याजदरमा समेत नयाँ अफर ल्याएको छ ।
जस अनुसार आर्थिक वर्ष शुरु भएको पहिलो त्रैमासमा ऋण लिनेले ऋणीले यो अफर सदुपयोग गर्न सक्छन् । बैंकका अनुसार यो अफर एक वर्षका लागि मान्य हुनेछ भने एक वर्षसम्म ब्याजदर परिवर्तन हुने छैन ।
अन्य कर्जामा कति छ ब्याजदर ?
बैंकको २०७७ साउन मसान्तसम्म आधार दर ७.१९ प्रतिशत छ भने स्प्रेड रेट ४.३७ प्रतिशत छ । बैंकले डाइरेक्टेड सेक्टर, डिप्राइभ्ड सेक्टरको कर्जामाआधार दरमा थप ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । नबिल इजी लोनमा टर्म लोन र ओभर ड्राफ्ट कर्जामा आधारदरमा थप ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
त्यसैगरी बैंकले एक वर्षका लागि एसएमई फास्ट ट्रयाक लोनमा फिक्स्ड ११.५ प्रतिशत, बलि नारी कर्जामा एक वर्षका लागि फिक्स्ड ९.५ प्रतिशत, नबिल सजिलो कर्जातर्फ एक वर्षका लागि फिक्स्ड १० प्रतिशत ब्याजदर तोकेको छ ।
निक्षेपतर्फ कति छ ब्याजदर ?
बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म र व्यक्तिगततर्फ ५ प्रतिशतदेखि ९.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
त्यसैगरी बचततर्फ सञ्चालनमा रहेका विभिन्न १९ वटा खातामा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ ।
SHARE YOUR THOUGHTS