मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआईसी एशिया बैंकले भाखा नाघेका कर्जाको साँवा, ब्याज तिर्नेलाई ८.९९ प्रतिशत ब्याज कायम गर्ने


काठमाडौं । एनआईसी एशिया बैंकले भाखा नाघेका कर्जा असोज मसान्तसम्मको साँवा तथा ब्याज चुक्ता गरेमा ब्याजदर ८.९९ प्रतिशत कायम गर्ने भएको छ ।

साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई कात्तिक १ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने जनाएको छ ।

बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ग्राहक यस योजनामा सहभागी हुन सक्नेछन्

नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै बैंकले आसार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम सोही मसान्तसम्ममा चुक्ता गर्ने ग्राहकको उक्त कर्जाको तत्कालिन ब्याजदरलाई साउन १ देखि लागू हुने गरी ९.९९ प्रतिशत बैंकले कायम गरेको जनाएको छ ।