काठमाडौं । गत शुक्रबार जनकपुर जयनगर खण्डमा चल्ने रेल आयो । एकाध घण्टा नेपाल भित्र बस्यो र पुनः उतै भारत फर्कियो । नेपाल भित्र रेल चलाउने कर्मचारी छ्रनने, पविधिक छैनन् ।
२०७१ सम् सञ्चालनमा रहेको रेल रेलको लिक बगाएका कारण बन्द अवस्थामा थियो ।
सरकारको आग्रहमा भारत सरकारले नयाँ रेलमार्ग निर्माण गरिदिएको छ । मानौ विगतमा रेल चलेको थिएन, अब भने चल्न थाल्यो भनेर प्रचार गरिएको छ ।
राणकालमा नै काठ ओसार्नका लागि रेलमार्ग बनेको थियो ।
रक्सोलदेखि अमलेखगन्जसम्म पनि रेलमार्ग सञ्चालनमा थियो । जान्ने सुन्ने यही भन्छन् ।
पछिल्लो समय यातायाताको ससहज माध्यमका रुपमा मानिएको रेलमार्गलाई सरकारले पनि प्राथमिकता दिएको छ । भारत सरकारको सहयोगमा रक्सोल काठमाडौ. रेलमार्ग निर्माण हुने भएको छ ।
रेलमार्ग निर्माणका लागि भारतीय पक्षले विस्तृत परियोजना प्रतिवेदन बनाउनका लागि स्वीकृत दिन सरकारसँग माग गरेको छ ।
रेल विभागका अनुसार सरकारको स्वीकृति पछि भारतीय प्राविधिक तथा कर्मचारी रक्सोल काठमाडौ. रेलमार्गको परियोजना प्रतिवेदन बनाउन आउनेछन् ।
सो रेलमार्ग १३५ कलिोमिटर वा १६५ किलोमिटर हुने गरी २ वटा मोडल प्रस्ताव गरिएको छ । झण्डै ४० किलोमिटर क्षेत्रमा सुरुङमार्ग हुने बताइएको छ ।
उता रसुवागढी केरुङ काठमाडौ. रेलमार्ग पनि निर्माण हुने तयारीमा छ । जानकार स्रोतका अनुसार कोरोनाका कारण रोकिएको उक्त रेल मार्गको विस्तृत परियोजना प्रतिवेदन तयारी शुरु गरिने भएको छ । चिनियाँहरुले त्यसलाई सम्भाव्यता अध्ययनको नाम दिएका छन् ।
उता जनकपुर जयनगर रेलमार्ग तयार भएपछि त्यसैलाई विस्तार गरेर महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्म रेलमार्ग निर्माण गर्ने गरी काम भइरहेको छ । सो रेलमार्गको कूल लम्बाई १३६ किलोमिटर रहेको छ ।
सो रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।
बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको छ । पुल कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ ।
पूर्व मेचीदेखि महाकालीअन्तर्गत जयनगर–बर्दिवास र बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आइसकेपछि जनकपुरसहित प्रदेश २ को सांस्कृतिक र पर्यटकीयसहित आर्थिक क्षेत्रमा ठूलो क्रान्ति ल्याउने नेपाल दावी छ ।
कूल २०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने योजनासहित विद्युतीय रेल बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आएपछि बर्दिवासबाट वीरगञ्ज मुस्किलले पौने एक घण्टाभित्रै पुग्न सकिने रेल विभागले जनाएको छ ।
भारतीय पक्षले रक्सौल ५ किलोमिटरसम्म निर्माण कार्य सम्पन्न गरिसकेको छ । बर्दिवास–सिमरा १०८ किमिको बर्दिवासदेखि लालबन्दीसम्मको २५ किमि खण्डको पूर्वाधार निर्माण कार्य पूर्णरूपमा सम्पन्न गरेको छ ।
नेपाली भूमिमा निर्माण हुने पहिलो रेलमार्ग बर्दिवास सिमरा हुने विभागले जनाएको छ । बर्दिवासदेखि निजगढसम्मको ७० किमि रेलमार्ग बनाउन १० वटा ठूला पुल बनाउने काम पनि जारी रहेको छ ।
अवस्था समान्य भए सबै निर्माण कार्य पूरा गरी करिब डेढ वर्षभित्रै बर्दिवास–वीरगञ्ज मार्गमा रेल सञ्चालनमा आउने विभागका महानिर्देशक बलराम मिश्रको भनाइ छ ।
कोरोना महामारीका कारण बर्दिवास–वीरगञ्ज खण्डमा निर्माण कार्य प्रभावित भएको भन्दै अवस्था सामान्य भएमा चाँडै निर्माण कार्यले तीव्रता पाउने महानिर्देशक मिश्रले बताए ।
विसं २०६७ साउन महिनामा भारतीय कम्पनी राइट्स कन्सल्टयान्टले प्रतिकिलोमीटर ३५ देखि ४५ करोड रुपैयाँ लागत लाग्न सक्नेसहितको सम्भाव्यता अध्ययन गरेको थियो ।
सोही आधारमा ५ वर्षभित्र पूरा गर्ने गरी राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर ६९ अर्ब ५२ करोड रुपैयाँ लागतमा ९४५ किमिको पूर्व पश्चिम रेलमार्गको कार्य अघि बढेको हो ।
भारतीय रेलमन्त्री पियूस गोयलले पनि भारतीय रेल सञ्जाल अन्तर्राष्ट्रियकरण हुने चरणमा रहेको बताए । उनले केही दिन पहिले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो सेयर गर्दै भारतको रेलमार्ग नेपालसँग पाि जोडिने बताएका थिए ।
SHARE YOUR THOUGHTS