सरकार १२ वटा ठेक्काका ठेकेदार कम्पनीलाई कारवाही गर्दै « Eglish Khabarhub

सरकार १२ वटा ठेक्काका ठेकेदार कम्पनीलाई कारवाही गर्दै



काठमाडौं । सरकारले १२ वटा ठेक्काका ठेकेदार कम्पनीलाई कारवाही गर्ने भएको छ । ती कम्पनीलाई ठेक्का सम्झौता अनुसार प्रगति नगरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक बिभाग लाहनले कारवाही गर्ने भएको हो ।
विभागले सुचना जारी गर्दै सडक डिभिजन अन्तर्गत सञ्चालित ठेक्का र योजनाको निर्माणको कार्य सम्झौताको शर्तहरु अनुसारको प्रगति नगरेको र समयमै कार्य समयमै कार्य सम्पादनमा चासो नदेखाएको तथा कार्यालयको सम्पर्कमा समेत नरहेको उल्लेख गरेको छ ।

जसकारण सार्वजनिक खरिद ऐन अनुसार सम्झौता अन्त्य गरी क्षतिपूर्ति समेत असुलगर्दै कालो सुचीमा राख्ने जनाएको छ । यदी ठेकेदार कम्पनीहरुको कुनै स्पष्टीकरण भएमा ७ दिन भित्र विभागमा उपस्थित हुनुपर्ने विभागको निर्देशन छ ।

सडक विभाग लाहनको कारवाहीमा परेकामा बज्रगुरु कन्स्ट्रक्सन, स्काईलाईन कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, याकथुम्ह्याङ्ग/ बि.पी. कन्स्ट्रक्सन जे. भी. लाहन, प्रकाश/आश्रय जे.भी. लाहन, रोशन कन्स्ट्रक्सन र जोशी कन्स्ट्रक्सन रहेका छन् ।

Publish on: