सुनको मूल्य आरोला लाग्दै, प्रतितोला १२ सयले घट्यो « Eglish Khabarhub

सुनको मूल्य आरोला लाग्दै, प्रतितोला १२ सयले घट्यो



काठमाडौं । केही समय अघि मात्रै मूल्यमा एतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य पछिल्लो समय ओलारो लाग्न थालेको छ ।

मंगलबार १७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार थप १२ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९५ हजार ५ सय रूपैयाँ कायम भएको छापावालाको मूल्य बुधबार ९४ हजार ३ सय कायम भएको छ ।

महासंघका अनुसार बुधबार तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ११ सय ९० रुपैयाँ कायम भएको छ ।

Publish on: