काठमाडौं । समयमै मल नल्याउने होनिको मल्टिपल कम्पनी लिमिटेड र शैलुङ इन्टरप्राइजेजको जमानत जफत गरी कालोसूचीमा राख्न बाटो खुलेको छ ।
उच्च अदालत पाटनले समयमै रासायनिक मल नल्याउने दुबै कम्पनीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगे कालोसूचीमा राख्ने बाटो खुलेको हो ।
अदालतले दुबै पक्षको बहस सुनेपछि मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले अन्तरिम आदेश खारेज गरेको हो ।
कृषि सामग्री केन्द्रले दुबै कम्पनीले समयमै मल नल्याएको भन्दै धरौटी जमानत गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो । दुबै कम्पनीहरुले ११७ दिनभित्र मल ल्याइसक्नु पर्ने थियो ।
दुबै कम्पनीले २५ हजार मेट्रिकटनका दरले मल ल्याउनका लागि ठेक्का पाएका थिए ।
SHARE YOUR THOUGHTS