काठमाडौं । सोमबारबाट निरन्तर ओरालो लागेको सुनको मूल्य शुत्रबार प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बिहिबार ९३ हजार १ सय रूपैयाँमा छापावाला सुन खरिद विक्रि भएको थियो ।
आज छापावाला सुनको प्रतितोला ९३ हजार ८ सय रूपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ४ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।
SHARE YOUR THOUGHTS