काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले असोज २८ गतेको लागि विशेष साधारण सभा बोलाएको छ ।
उक्त साधारण सभामा बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिशन)को विशेष प्रस्ताव लैजाने छ ।
बैंकले फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्र तथा अन्य भएका सम्झौताहरुको अनुमोदन गर्ने छ । वेवनारमार्फत हुने साधारण विशेष साभारण सभा सहभागी हुन चाहनेले आईडी र पासवर्ड पाउने छन् ।
बैंकले असोज २८ मा साधारण सभा गर्नको लागि असोज १६ गतेदेखि विशेष साधारण सभा नभएसम्मको लागि सेयर दाखिला खारेज दर्ता बन्द गरिने भएको छ । बैंकको रजिष्टर्ड कार्यालय दरबारमार्गमा बिहान १० बजेदेखि वेबनार मार्फन साधारण सभा हुने भएको छ ।
SHARE YOUR THOUGHTS