काठमाडौं । औषधी व्यवस्था विभागले थप ९ वटा सेनिटाइजर उत्पादन गर्ने कम्पनीको उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ ।
विभागले केही समय अघि ५ र ४ गरी ९ कम्पनीका उत्पादन र बिक्री वितरणमा समेत रोक लगाएको थियो ।
विभागका अनुसार बजारमा बिक्री भइरहेका ह्याण्ड सेनिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधी प्रयोगशलाममा परीक्षण गर्दा तोकिएको मापदण्ड पूरा नभएको पाइएपछि ती कम्पनीको उत्पादन र बिक्री वितरणमा रोक लगाइएको हो ।
विभागका अनुसार इन्स्ट्यान्ट ह्याण्ड स्यानीटाइजर अल्कोहल बेस्ड सम्बन्धी स्तर २०७६ विपरीतका रसायन प्रयोग गरिएको पाइएको छ ।
त्यस्ता गुणस्तरहिन सेनिटाइजरमा विषाक्त रसायन मेथानोल समावेश भएको र न्यून गुणस्तरको पाइएको विभागको ठहर छ ।
त्यस्ता सामग्रीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने हुँदा सर्वसाधारणले प्रयोग नगर्न तथा नगराउन समेत विभागकोसूचनामा आग्रह गरिएको छ ।
विभागले त्यस्ता सेनिटाइजरको उत्पादन तथा बिक्री वितरण अबिलम्ब रोक्का राखी सम्बन्धित आपूर्तिकर्ता तथा उत्पादकलाई फिर्ता गर्नसमेत सरोकारवालालाई सूचित गरिएको छ ।
SHARE YOUR THOUGHTS