काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दाङ्गको तुलसीपुरमा १११ औं शाखा सञ्चालनमा ल्याएको छ ।
कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैकिंग सेवा अन्तर्गत नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटी लगायतका सेवाहरु पाउने छन् ।
साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
बैंकले घर कर्जा ९.५० % वार्षिक ब्याजदरमा एसएमई कर्जा ९.५० % वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ % वार्षिक ब्याजदरमा प्रवाह गर्ने जनाएको छ ।
बैंकले १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया