तेस्रो मुलुकबाट ल्याएर भारत तर्फ तस्करी गर्न लागिएको हरियो केराउ बरामद « Eglish Khabarhub

तेस्रो मुलुकबाट ल्याएर भारत तर्फ तस्करी गर्न लागिएको हरियो केराउ बरामद


१५ आश्विन २०७७, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

भारतीय सिमानासँग जोडिएको पर्साको इनर्वा गाउँबाट प्रहरीले करिब २ करोड ५० लाख मूल्यबराबरको तीन लाख २५ हजार किलो हरियो मटर बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार हरियो मटर वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भारतको सीमा नजिकै एउटा गोदाममा भण्डारण गरी राखिएको अवस्थामा सो परिमाणको मटर बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।

उनले चाडपर्वलाई लक्षित गरी भारततर्फ तस्करी गर्ने उद्देश्यले नेपाल भारत सीमा नजिकैको एउटा गोदाममा भण्डारण गरिएको अवस्थामा प्रहरीले छापामारी गोदाम सिल गरिएको बताए ।

ललितपुर निवासी वेदान्तजङ्ग राणाको नाममा दर्ता रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङले तस्रो मुलुकबाट मगाएको सो हरियो मटर सीमा नजिक एउटा गोदाममा अवैधरूपमा राखिएको अवस्थामा फेला परेको बताइएको छ । अवैध कारोबार नियन्त्रणका लागि परिचालन गरिएको प्रहरी टोलीले मङ्गलबार राति नेपालबाट भारततर्फ सामान ओसार्ने ट्र्याक्टरको पिछा गर्दै जाँदा सो गोदामसम्म प्रहरी पुगेपछि उक्त मटर भण्डारण गरिएको अवस्थामा फेला परेको हो ।

प्रिज्म कम्पनीले केराउ विक्री गरेको बिलमा खरिदकर्ताको ठाउँमा आफ्नै नाम उल्लेख गरिएको भने पनि बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमा उक्त कम्पनीको आधिकारिक कार्यालय रहेको छ । अहिले भारतीय सीमासँग जोडिएका नेपाली गाउँमा तस्करहरुले घर भाडामा लिई सामानहरु राख्ने गरेको र रातको समयमा ती सामान भारततर्फ लग्ने गरेको स्थानीयवासीको भनाइ छ ।रासस

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार ००:००  ६ : १६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping