काठमाडौं । सिद्धार्थ बैंकको ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको छ । प्रति कित्ता १ हजार रुपैयाँको दरले ‘८.५% सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो ।
ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ । यसको अवधि ७ वर्षको रहेको छ ।
३० लाख कित्तामध्ये सर्वसाधारणले १२ लाख कित्तामा मात्रै आवेदन दिन पाउनेछन् । बाँकी रहेको १८ लाख कित्ता बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ ।
उक्त ऋणपत्रमा न्यूनतम २५ देखि अधिकत्तम १० लाख कित्तासम्म आवेदन दिन पाइने छ । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । इक्रा नेपालले ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो ।
आज (असोज १६ गते) बाट खुलेको ऋणपत्रमा छिटोमा असोज २० गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा ३० गतेसम्म आवेदन दिन सकिने छ । यो ऋणपत्रमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
प्रतिक्रिया