व्यवसाय धरासायी भयो लकडाउन नदोहोर्याउनुः एनबीआई, सरकार यसकाे पक्षमा छैनः मन्त्री ढकाल « Eglish Khabarhub

व्यवसाय धरासायी भयो लकडाउन नदोहोर्याउनुः एनबीआई, सरकार यसकाे पक्षमा छैनः मन्त्री ढकाल


१६ आश्विन २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) का पदाधिकारीहरुले फेरी लकडाउन नगर्न सरकारसँग माग गरेका छन् ।

एनबीआईका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालज्यूसँग भेटघाट गरी लकडाउन नदोरह्याउन माग गरेका हुन् ।

अध्यक्ष कुशकुमार जोशीले कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महिना भन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धराशायी भएको स्मरण गराउँदै मुलुकले अब थप अनिश्चितकालिन बन्द थेग्न नसक्ने भन्दै यसको विकल्पमा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।

सरकारले लकडाउन खुकुलो पारेसगै विस्तारै अर्थतन्त्रले गति लिन शुरु गरेको भन्दै कोभिडले निम्त्याउन सक्ने जोखिम समाजमा केहि वर्ष सम्म रहन सक्ने विज्ञहरुले अनुमान गरेकाले सम्भावित जोखिम न्युनीकरण गरी व्यवसायिक क्रियाकलापलाई सुरक्षित एवं वैज्ञानिक रुपमा सञ्चालन गर्न निजी क्षेत्र प्रतिवद्ध रहेको बताए ।

उनले यसमा सरकारको ठोस सहयोगको आवश्यकता रहेको जानकारी गराए ।  मुलुकको सामाजिक तथा आर्थिक क्षेत्र धप धरायसी हुन नदिन अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा
शुरुवाती चरण देखि नै पहलले जोड दिँदै आएको बताउँदै महामारी शुरु भएपछि अत्यावश्यकीय सेवा लगायत सम्पुर्ण क्षेत्र क्रमश सुचारु गर्दै जानुपर्ने बताए ।

पहलले तत्कालै कोभिड-१९ का लागि आधारभुत व्यवसायिक योजना पुर्व तयारी एवं सञ्चालन योजना’ सार्वजनिक गरी आम उद्योग व्यवसाय सञ्चालनको आधार तयार गरेको, स्वास्थ्य सुरक्षा सामग्री सरकारलाई हस्तान्तरण गरेको, क्षेत्रगत रुपमा सबै क्षेत्रमा प्रोटोकल निर्माणमा सहयोग एंव प्रेरित गरिरहेको स्मरण गराए ।

यसको कार्यान्वयवनका लागि सरकार, जनस्वास्थ्य अधिकृत तथा राष्ट्रिय व्यवसायिक पहल सम्मिलित अनुगमन टोली गठन गर्ने, उक्त प्रोटोकलको पालना भए नभएको अनुगमन र मुल्याकन गरी प्रमाणित गर्ने व्यवस्था मिलाई यसलाई मुलुकभरका सबै स्थानिय निकायहरु मार्फत लागु गर्न सरकारसंग अनुरोध गरेका छन् ।

पिसिआर परीक्षणलाई नियमावली बनाई मितव्ययी र पारदर्शीरुपमा अगाडि बढाउनको लागि
सरकारसँग आग्रह गर्दै सरकारी सेवा प्रवाह हुने क्षेत्रलाई थप सुधार गरी व्यवस्थित बनाउनपर्ने, जनसम्पर्क बढी हुने कार्यालयहरु प्रोटोकल तयार गरी त्यसको पुर्ण पालना गर्नु, सम्भव भएसम्म सरकारी कार्यमा अनलाईन सेवालाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको भन्दै  त्यसमा सरकारको ध्यानाकर्षण गराए ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विप्रेषणमा आधारित नेपाली अर्थतन्त्र, पर्यटन क्षेत्र, सेवा व्यापार, यातायात क्षेत्र, निर्यात व्यापार, रोजगारी कटौती लगायत साना, मध्यम तथा ठुला सबै खालका व्यवसाय धरासायी भएको बताउँदै समग्र अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालिन तथा दिर्घकालिन योजना, राहत तथा पुर्नउत्थानका कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

पहलका महासचिव सुरेन्द्रवीर मालाकारले विभिन्न समस्याकाबीच अघि बढिरहेको नेपालको औद्योगिक व्यवसायिक क्षेत्रमा कोभिडले थप नयां गम्भिर धुनौति सिर्जना गरेको बताउँदै यसको समाधानमा सरकार तथा निजी क्षेत्रको ठोस सहकार्यको आवश्यकता औंल्याए ।

भेटमा मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को नियन्त्रण र आर्थिक गतिविधीलाई सुचारु गर्न राष्ट्रिय व्यवसायिक पहलले लिएको जिम्मेवार व्यवसायिक अभ्यासलाई सराहना गर्दै निजी क्षेत्रबाट प्राप्त महत्वपूर्ण सुझावलाई स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिएको र यसको कार्यान्वयनका लागि सम्बन्धित सबै निकायसंग सहकार्य गरी अघि बढ्ने
प्रतिवद्धता व्यक्त गरे ।

लकडाउनको विषयमा आएको समाचारमा सत्यता नभएको भन्दै सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा नरहेको जानकारी गराए । सिमित स्रोत र साधनका बाबजुद सरकारले अधिकतम सेवा पुर्याउन प्रयासरत रहेको भन्दै आम नागरिकले मापदण्डको पालना गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिमण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ, उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष एव राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष दिपक मलहोत्रा, रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी एवं होटल एशोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार ००:००  ३ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping